१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


श्रीलंकामा नयाँ प्रधानमन्त्री बने दिनेश गुणवर्देना


351
Shares

काठमाडौं । श्रीलंकाको प्रधानमन्त्रीमा दिनेश गुणवर्देना नियुक्त हुनुभएको छ ।

६ पटकसम्म प्रधानमन्त्री बनेका रनिल विक्रमसिंघे राष्ट्रपति बनेपछि गुणवर्देना प्रधानमन्त्री बन्नु भएको हो । प्रधानमन्त्री गुणवर्देनाले आज शुक्रबार पद तथा गोपनियताको सपथ ग्रहण गर्नुभएको छ ।

श्रीलंकाको १५ औं प्रधानमन्त्री बन्नुभएका गुणवर्देना यसअघि गृह र शिक्षा मन्त्री हुनुभएको थियो । गत अप्रिलमा मन्त्रिपरिषद्का सदस्यले राजीनामा दिएपछि तत्कालीन राष्ट्रपति गोटाबय राजपाक्षेले गुणवर्देनालाई गृह मन्त्रीको जिम्मेवारी दिनुभएको थियो ।