
काठमाडौं । गायक रामकृष्ण ढकालका ‘काली’ र ‘सयौं कारण’ गीत सार्वजनिक भएका छन् ।
बिहीबार काठमाडौंमा एक कार्यक्रमबीच गीत सार्वजनिक गरिएको हो ।
कार्यक्रममा बोल्दै गायक ढकालले कालीको शब्द हेर्दा गम्भीर पाटोमा जाने बताउनुभयो । ‘काली’ उहाँले स्टेजमा गाउने किसिमको गीत रहेको र युट्युबमा काली गीत क्याची हुनसक्ने गायक ढकालको भनाइ छ ।
गायक ढकालकै अभिनय र स्वर रहेको ‘काली’ गीतमा उनको जोडी नायिका नम्रता सापकोटासँग बाँधिएको छ । उक्त गीतमा संगीत दीपक शर्माले भरेका छन् भने भिडियो निर्देशन सुव्रत आचार्यले गरेका छन् ।
त्यस्तै, कार्यक्रममा नायिका नम्रता सापकोटाले गीत मिठो रहेको र गायक ढकालसँग काम गर्ने अवसर पाएकोमा खुशी व्यक्त गरेकी छन् ।
प्रतिक्रिया दिनुहोस्