२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


प्रतिनिधि सभाको बैठकमा नागरिकता संशोधन विधेयकमाथि छलफल जारी


182
Shares

काठमाडौं । प्रतिनिधि सभाको बैठकमा नेपाल नागरिकता पहिलो संशोधन विधेयकमाथि छलफल भइरहेको छ ।

बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले नेपाल नागरिकता पहिलो संशोधन विधेयक छलफलका लागि सदनमा प्रस्तुत गर्नुभएको थियो । सो विधेयक अनुमोदनका लागि पेश गर्ने कार्यसूची पनि रहेको छ ।

नागरिकता संशोधन विधेयकलाई राज्य व्यवस्था समितिमा छलफलका लागि नपठाई पारित गराउने सरकारको तयारी छ । अघिल्लो सरकारले ल्याएको नागरिकता संशोधन विधेयक साढे तीन वर्षसम्म संसदमा विचाराधीन रहेपछि गत महिना सरकारले फिर्ता लिएर नयाँ विधेयक पेश गरेको हो ।

बैठकमा विभिन्न दलका सांसदहरूले आफ्नो धारणा राखिरहेका छन् । उनीहरूले सो विधेयकमाथि संशोधन प्रस्ताव पनि बैठकमा पेश गरेका छन् ।