
काठमाडौं । भारत लैजान लागिएको ८ ट्रक सुपारी प्रहरीले नियन्त्रणमा लिएको छ ।
बिहीबार राति विराटनगर महानगरपालिका–१८ बुधनगर हुँदै भारततर्फ लैजान लागिएको ८ ट्रक सुपारी प्रहरीले नियन्त्रणमा लिएको हो ।
प्रहरीले नियन्त्रणमा लिएको सुपारी २ हजार ६ सय ७८ बोरा छ । ८ वटा ट्रकमा २ लाख १९ हजार ५ सय ९६ किलोग्राम सुपारी रहेको प्रहरीले जनाएको छ ।
भारतीय ट्रकसहित नियन्त्रणमा लिइएको सुपारीको नेपाली मूल्य साढे ८ करोड रूपैयाँ बराबर रहेको प्रहरीले जनाएको छ । तेस्रो मुलुकबाट आयात गरिएको सुपारी नेपालकै उत्पादन देखाएर केही वर्षयता भारततर्फ निर्यात हुँदै आएको छ ।
एकै पटक ठूलो परिमाणमा सुपारी भारत जाँदै गरेको सूचना पाएपछि अनुसन्धानका लागि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्