९ बैशाख २०८२, मंगलबार | Wed Apr 23 2025


एकैदिन थपिए ४५६ जना कोरोना संक्रमित


143
Shares

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप ४ सय ५६ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ३ हजार ८ सय ३८ जनाको नमूना परीक्षण गरिएको थियो ।

२ हजार १ सय ६८ जनाको पीसीआर र १ हजार ६ सय ७० जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा ३ सय ५६ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

शुक्रबार ८० जना संक्रमित संक्रमणमुक्त भएका छन् भने देशभर २ हजार ८ सय ४१ जना सक्रिय संक्रमित रहेका छन् ।

त्यस्तै, २४ घण्टामा कोरोनाका कारण कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।