
अनिल तिवारी (इमेज)
वीरगन्ज, साउन ३१ । प्रदेश नम्बर–२ का मुख्यमन्त्री लालबाबु राउतले संविधान निर्माण गर्ने शक्तिहरु नै संविधान असफल गराउन लागेको आरोप लगाएका छन् ।
बिहीबार वीरगन्जमा आयोजित ‘संघीयता कार्यान्वयनमा रेडियोको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा उनले संघीयतालाई असफल बनाइ मधेसमा आफ्नो स्वार्थ पूरा गर्न खोजिएको भन्दै संघीय सरकारप्रति आक्रोश पोखे ।
करको बहानामा संघीयताविरोधीहरु सक्रिय भएको भन्दै उनले आफू १० वर्ष कर बढाउन नहुने पक्षमा रहेको धारणा राखे ।
रेडियोले चाहेको बेला आन्दोलन उठ्ने आफ्नो अनुभव रहेको चर्चा गर्दै उनले प्रदेश सरकार रेडियोसँग सहकार्य गरेर अगाडि बढ्न तयार रहेको बताए ।
प्रतिक्रिया दिनुहोस्