१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


सर्लाहीमा एक महिलाको हत्या गरी गाडिएको अवस्थामा ४८ दिनपछि शव फेला


2.327k
Shares

काठमाडौं । सर्लाहीको पर्सा गाउँपालिका शीतलपुरमा एक महिलाको हत्या गरी गाडिएको अवस्थामा ४८ दिनपछि शव फेला परेको छ ।

शीतलपुरकै बालदत्त भन्ने रमजेशकुमार रायकी २० वर्षीय श्रीमती निशा यादवको हत्या गरी धान खेतमा गाडेको अवस्थमा शव फेला परेको हो ।

हराएको निवेदन जिल्ला प्रहरी कार्यालय सर्लाहीमा माइती र ससुराली पक्षले दिएपछि खोजीमा जुटेको प्रहरीले ४८ दिनपछि खेतमा शव गाडिएको अवस्थामा फेला पारेको हो ।

हत्यामा संलग्न रहेको आशंकामा मृतक यादवका श्रीमान् रमजेशकुमार राय, ससुरा रामप्रताप राय र देवर राजु यादवलाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान थालेको छ ।

गएको जेठ २२ गते निशाको हत्या भएको प्रहरीको भनाइ छ ।