
फाइल तस्विर
काठमाडौं । पहिरो झरेर नारायणगढ मुग्लिन सडकखण्ड अवरूद्ध बनेको छ ।
आज शनिबार बिहान चितवन इच्छाकामना गाउँपालिका-५ को खहरेखोला भन्ने स्थानमा ढुंगा र माटोसहितको पहिरो आएर पहिरो खस्दा सडक दुईतर्फी नै अवरूद्ध भएको हो ।
सडक खुलाउने प्रयास भैरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
सडक अवरूद्ध भएपछि नारायणगढतर्फ आउने र काठमाडौं पोखरातर्फ जाने सवारीसाधन बीच बाटोमा नै रोकिएका छन् ।
प्रतिक्रिया दिनुहोस्