
काठमाडौं । सौगात मल्ल र सृष्टि श्रेष्ठद्वारा अभिनित फिल्म ‘माइकल अधिकारी’ को ट्रेलर सार्वजनिक भएको छ ।
करिब ३ मिनेट १९ सेकेण्ड लामो ट्रेलरमा सौगात र सृष्टि श्रीमान्–श्रीमतीको भूमिकामा देखिएका छन् ।
रञ्जित रौनियारले निर्देशन गरेको फिल्ममा सौगात, सृष्टि बाहेक अशान्त शर्मा, लुनिभा तुलाधर, एनी कुँवर, हेमन्त बुढाथोकी, विद्या कार्की, दीलिप बोहोरा, केन्द्र भट्टराई तथा बाल कलाकारहरूको अभिनय रहेको छ ।
उद्धव पौडेलको प्रस्तुतिमा निरक पौडेल निर्माता रहेको फिल्ममा कमल राई र कविराज गहतराजको कोरियोग्राफी, शम्भुजित बाँस्कोटा र रेभन सिंहको संगीत, शैलेश कँडेल क्षेत्री र दयाराम पाण्डेको शब्द, मित्र डि गुरुङको सम्पादन, राजु विक्रम थापाको छायांकन र शैलेश कँडेल क्षेत्रीको पटकथा तथा संवाद छ ।
यस फिल्मलाई सरोगेसीको कथामा आधारित भएर निर्माण गरिएको ट्रेलरमा देख्न सकिन्छ ।
प्रतिक्रिया दिनुहोस्