११ बैशाख २०८२, बिहिबार | Thu Apr 24 2025


प्रधानमन्त्रीले प्रदेश–२ प्रदेशसभालाई शनिबार सम्बोधन गर्ने


0
Shares

धनुषा, साउन ३१ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश नम्बर–२ को प्रदेशसभालाई भदौ २ गते शनिबार सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।

नेकपाले जनकपुरमा बिहीबार पत्रकार सम्मेलन गरी सो कुराको जानकारी गराएको हो ।

कार्यक्रममा प्रधानमन्त्री ओलीसँगै नेकपाका अध्यक्ष पुष्पकमल दाहाल पनि आउने जानकारीसमेत दिइयो ।

धनुषाका सहिद रामवृक्ष यादवको २४औं स्मृतिसभामा सहभागी हुन उनीहरु दुवैजना धनुषा आउने कार्यक्रम रहेकामा प्रधानमन्त्री ओलीले शनिबार बिहान ११ बजे प्रदेशसभामा सम्बोधन गर्ने र त्यसपश्चात् धनुषाको बरमझियामा आयोजना हुने सहिद रामवृक्ष यादवको स्मृतिसभालाई सम्बोधन गर्न जाने नेकपा नेता एवं प्रदेश समिति कार्यदलका सदस्य विश्वनाथ साहले बताए ।

प्रधानमन्त्री ओलीले यसअघि प्रदेश नम्बर–१, ३ र ५ का प्रदेशसभामा सम्बोधन गरिसकेका छन् ।

नेता साहले पार्टीभित्र अन्तरविरोध हुनु स्वाभाविक भएको बताउँदै अहिले नेकपामा कुनै गुट–उपगुट नरहेको दाबी गरे ।

उनले भदौ ५ गतेभित्र प्रदेश र जिल्ला कमिटीको सदस्यकाबारेमा निर्णय गरी केन्द्रमा पठाउने जानकारी दिए । रासस