२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


सिटीको जितमा हालाण्डको निर्णायक गोल


572
Shares

काठमाडौं । प्रि–सिजन टुर अन्तर्गतको मैत्रीपूर्ण खेलमा म्यानचेस्टर सिटीले बायर्न म्युनिखलाई पराजित गरेको छ ।

आइतबार बिहान भएको खेलमा सिटीले बायर्नलाई १–० ले पराजित गरेको हो ।

सिटीलाई जित दिलाउन एर्लिङ हालाण्डले निर्णायक गोल गरे । अमेरिकामा भएको खेलमा सिटीका हालाण्डले १२ औं मिनेटमा गोल गर्दै टिमलाई १–० गोलको जित दिलाए ।

हालाण्ड यसै सिजन बोरुसिया डर्टमण्डबाट सिटी आएका हुन् ।