
काठमाडौं । ताप्लेजुङको फुङ्लिङ नगरपालिका–९ मा श्रीमानको कुटाईबाट श्रीमतीको मृत्यु भएको छ ।
फुङ्लिङ–९ का ६५ वर्षीय बल बहादुर साँवाले आफ्नै श्रीमती ५४ वर्षीय कान्छीमाया लिम्बुलाई घरायसी बिबादमा कुटपिट गर्दा उनकाे घटनास्थलमा नै मृत्यु भएको हो ।
घटनाको जानकारी पाए लगतै तत्काल जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट गएको प्रहरी टोलीले साँवालाई पक्राउ गरेको छ ।
प्रतिक्रिया दिनुहोस्