१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सेफ अली खानका छोरा इब्राहिम अभिनयमा डेब्यु गर्ने संकेत


182
Shares

एजेन्सी । बलिउड अभिनेता सेफ अली खान र अभिनेत्री अमृता सिंहका छोरा इब्राहिम अली खानले छिटै अभिनयमा डेब्यु गर्ने भएका छन् ।

भारतीय सञ्चार माध्यमका अनुसार हालै इब्राहिम आफ्ना साथी तथा गायक अरमान मलिकको जन्मदिनको पार्टीमा पुगेका थिए । दुवैको एक भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

उक्त समय त्यहाँ उपस्थित सञ्चारकर्मीहरूले इब्राहिमलाई तस्बिरका लागि एक्लै पोज दिन आग्रह गरे । त्यसपछि अरमानले इब्राहिमलाई ‘अपकमिङ हिरो’ भनेका थिए । यो सुनेर इब्राहिम मुस्कुराएका मात्र थिए । जसकारण इब्राहिमले अभिनयमा डेब्यु गर्दैछन् भन्ने बुझिएको भारतीय सञ्चार माध्यम दैनिक भास्करको समाचारमा उल्लेख गरिएको छ ।

हाल इब्राहिम करण जोहरको फिल्म ‘रकी और रानी की प्रेम कहानी’ मा सहायक निर्देशकको रूपमा काम गरिरहेका छन् ।