
काठमाडौं । यमनमा भारी वर्षासँगै आएको बाढीमा कारण कम्तिमा ८ जनाको मृत्यु भएको छ ।
यमनको धामार प्रान्तमा बाढीले बगाउँदा अन्य ६ जनाको मृत्यु भएको हो । घर भत्किंदा २ बालिकाको समेत मृत्यु भएकाे छ । राजधानी सानाको पश्चिमी क्षेत्रमा भारी वर्षाका कारण दर्जनौं घरहरू भत्केका छन् ।
यमनमा जारी गृहयुद्धकाबीच भारी वर्षा र बाढीले थप क्षति पुर्याएको छ । बाढी प्रभावितहरूलाई सुरक्षित स्थानतर्फ सारिएकाे छ । बाढीका कारण यातायात सेवा समेत अवरुद्ध भएको छ । उद्धारका लागि सयौं सुरक्षाकर्मीहरू परिचालन गरिएकाे जनाइएकाे छ।
प्रतिक्रिया दिनुहोस्