२८ चैत्र २०८१, बिहिबार | Thu Apr 10 2025


पाल्पा दुर्घटनामा मृत्यु भएका ६ जनाकै सनाखत


1.313k
Shares

काठमाडौं । पाल्पाको रिब्दिकोटमा आइतबार अपराह्न भएको बस दुर्घटनामा मृत्यु भएका ६ जनाकै सनाखत भएको छ ।

बाग्लुङको बुर्तिवाङबाट बुटवल आउँदै गरेको लु १ ख ५९५२ नम्बरको बस पाल्पाको रिब्दिकोट गाउँपालिका–२ लघुवामा दुर्घटना हुँदा ३ पुरुष र ३ महिलाको मृत्यु भएको थियो ।

मृत्यु हुनेमा गुल्मी चन्द्रकोट–८ का १५ वर्षीय प्रवेश काफ्ले, गुल्मी मुसिकोट–४ का ४० वर्षीय लालबहादुर राना, रुपन्देही देवदह- ७ की दिलकुमारी कामी, कपिलवस्तु बाणगंगा–२ का ४५ वर्षीय यमबहादुर सोमै, नवलपरासी बर्दघाटकी २४ वर्षीय पूर्णिमा कामी र बागलुङ बडिगाडकी ५५ वर्षीय ओमकला थापा रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।