
काठमाडौं । यू–१७ राष्ट्रिय पुरुष फुटबल टिमका लागि आज (सोमबार) हुने भनिएको खेलाडी छनोट प्रक्रिया मंगलबारबाट मात्र सुरू हुने भएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले यू–१७ छनोट मंगलबारबाट सुरू हुने जनाएको हाे । एन्फाले साफ यू–१७ च्याम्पियनसिप र एएफसी यू–१७ एसियन कप छनोटका लागि खुल्ला प्रतिस्पर्धाबाट खेलाडी छनोट गर्न लागेको हो ।
एन्फाले २०६२ साल पुस १६ पछि जन्म भएका खेलाडीलाई मात्र छनोटमा सहभागी गराईने जनाएको छ । श्रीलंकामा आयोजना हुने साफ यू–१७ आगामी सेप्टेम्बर ५ बाट हुने भएकाे छ ।
त्यस्तै, भियतनाममा हुने यू–१७ एसियन कप छनोट अक्टोबर १ देखि ९ सम्म हुने भएकाे छ ।
प्रतिक्रिया दिनुहोस्