
स्याङ्जा । गण्डकी प्रदेशको सबैभन्दा बढी उन्नत मकैको बीउ उत्पादन गर्न सफल भएको छ ।
फेदीखोला गाउँपालिका–४ आरुखर्कमा रहेको जैसीडाँडा किसान समूहले उन्नत बीउबाट मनग्य आम्दानी गर्न थालेको छ ।
समूहले गत आर्थिक वर्ष २०७८/०७९ मा मनकामना– ३ जातको १६ टन मकैको बीउ बिक्री गरेर १६ लाख ६४ हजार रुपैयाँ आम्दानी गरेको थियो ।
जैसीडाँडा किसान समूहले गण्डकी प्रदेशकै सबैभन्दा धेरै उन्नत मकैको बीउ उत्पादन गर्दै आएको गाउँपालिकाका अध्यक्ष घनश्याम सुवेदीले बताउनुभयो ।
जैसीडाँडा किसान समूहलाई विगत चार वर्षदेखि गाउँपालिकाले उत्पादनमा आधारित १५ प्रतिशत नगद अनुदान उपलब्ध गराउँदै आएको छ ।
गाउँपालिकाले पटक–पटक गरी हालसम्म विभिन्न उपकरण खरिद, भण्डारका लागि आवश्यक सामग्री, तालिमका लागि पचास लाख रुपैयाँ भन्दा बढी नगद अनुदान दिएको गाउँपालिकाका अध्यक्ष सुवेदीले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्