५ बैशाख २०८२, शुक्रबार | Fri Apr 18 2025


सरकार मर्यादित प्रेस र अभिव्यक्ति स्वतन्त्रताको लागि पत्रकारको साथमा छ : मन्त्री कार्की


39
Shares

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सरकार मर्यादित प्रेस र अभिव्यक्ति स्वतन्त्रताको लागि पत्रकारहरूको साथमा रहेको बताउनुभएको छ ।

सोमबार सूचना तथा प्रशारण विभागले सञ्चार मन्त्रालयमा आयोजना गरेको ज्येष्ठ पत्रकार वृत्ति वितरण तथा पुस्तक विमोचन कार्यक्रम’मा बोल्दै मन्त्री कार्कीले सरकार मर्यादित प्रेस, अभिव्यक्ति स्वतन्त्रता र व्यक्तिगत स्वतन्त्रतालाई अक्षुण राख्न पत्रकारहरुको साथमा रहेको बताउनुभएको हो । उहाँले सरकार प्रेस जगतको साथमा रहेको बताउनुभयो ।

मन्त्री कार्कीले समाजलाई मर्यादित, निष्पक्ष, स्वतन्त्र र व्यवसायिक पत्रकारिता आवश्यक रहेको पनि उल्लेख गर्नुभयो । उहाँले विश्वास आर्जन गर्ने पत्रकार जमातको आवश्यकता रहेको बताउनुभयाे ।

मन्त्री कार्कीले प्रधानमन्त्री शेरबहादुर देउवाले भारत भ्रमण गरेसँगै नेपालमा खेर गइरहेको विद्युत भारतीय बजारमा प्रवेश गरेको बताउनुभयो । अब भारतमा विद्युत् बेचेवापत् प्रतिमहिना २ अर्ब रुपैयाँ प्राप्त गर्ने उहाँले बताउनुभयो ।

आगामी दिनमा १५ हजार मेघावाट विद्युत भारतीय बजारमार्फत अन्य बजारमा पु¥याउन सकेमा प्रतिमहिना २ खर्ब रुपैयाँ आर्जन हुनसक्ने उहाँको भनाइ छ ।

उहाँले पत्रकारहरूलाई जीवनको उत्तरार्द्धमा सरकार आफ्नो साथमा छ भन्ने अनुभुति गराउन सकिएमा पत्रकारिता निर्भिकताका साथ अगाडी बढ्ने बताउनुभयो ।