
काठमाडौं । डीएचआई ब्राण्डका इलेक्ट्रोनिक्स तथा घरायसी सामग्रीको नेपाली बजारमा बिक्री सुरु गरिएको छ ।
ब्राण्डले आइतबार काठमाडौंमा एक कार्यक्रम गरेर विभिन्न उपकरण सार्वजनिक गरेको हो । कार्यक्रममा कम्पनीले आफ्ना विभिन्न उत्पादन प्रदर्शन गरेको छ ।
कम्पनीले घरायसी सामग्रीमा टेलिभिजन, वासिङ मेसिन, रेफ्रिजेरेटर, इन्डक्सन चुलो, राइसकुकरलगायतका सामग्री नेपाली बजारमा ल्याएको जनाएको छ ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत केशवराज पन्तले आफ्ना उत्पादन कम विद्युत खपत गर्ने र पेट्रोलियम पदार्थको बढ्दो मूल्यवृद्धिको विकल्पमा प्रयोग गर्न सकिने दावी गर्नुभयो ।
उहाँले कम्पनीका उत्पादन विश्वसनीय रहेकाले बजारमूल्य र गुणस्तरमा ढुक्क हुन आग्रह गर्नुभयो ।
डिएचआई इलेक्ट्रोनिक्स डिसहोमको भगिनी संस्था हो । कम्पनीले आफ्ना उत्पादनमा देखिने समस्या समाधान गर्न चाँडै नै देशव्यापी सञ्जाल निर्माण गर्ने जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्