१५ फाल्गुन २०८१, बिहिबार | Thu Feb 27 2025


माल्दिभ्सविरुद्ध नेपालको ‍३–० गोलको अग्रता


3.562k
Shares

काठमाडौं । २० वर्षमुनिको साफ च्याम्पियनसिप फुटबलअन्तर्गत पहिलो खेलमा नेपालले माल्दिभ्सविरुद्ध ३–० गोलको अग्रता बनाएको छ ।

भारतको भुवनेश्वरमा जारी प्रतियोगिताकै पहिलो खेलको ६२ मिनेटकाे खेल जारी रहँदा नेपाल ३-० गाेलले अगाडि भएकाे हाे ।

खेलकाे ६१औं मिनेटमा माल्दिभ्सका खेलाडीले डिबक्सभित्र नेपाली खेलाडीमाथि फल गरेपछि नेपालले पेनाल्टी पाएकाे थियाे । पेनाल्टीमा सुटआउटमा क्रतिश रत्न छुन्जुले गाेल गरेपछि नेपालले अग्रता बढाएकाे हाे ।

त्यसअघि ५७औं मिनेटमा नेपालका सुगम सुवालले गोल गरेका हुन् । माल्दिभ्सको रक्षापंक्तिमा भएको कमजोरीको फाइदा उठाउँदै सुवालले गोल गरेका हुन् ।

त्यसअघि खेलको ४१औं मिनेटमा नेपालका अभिषेक वाइबाले गोल गरेका हुन् । फ्रिकिक हानेको बल गोल किपरबाट रिबाउन्ड भएर आएकोमा डिबक्स बाहिर रहेको वाइबाले गरेको प्रहार गोलमा परिणत भएको हो ।

यसअघि नेपालले पाएको धेरै अवसरहरू गुमाएको थियो । खेलको अधिकांश समय नेपाली खेलाडीको गोडामा बल देखिन्थ्यो ।

च्याम्पियनसिपमा आयोजक भारतसँगै नेपाल, माल्दिभ्स, श्रीलंका र बंगलादेशको सहभागिता रहेको छ । नेपालले दोस्रो खेलमा बुधबार श्रीलंकासँग खेल्नेछ ।

त्यस्तै तेस्रो खेल आइतबार भारतसँग हुनेछ भने समुहको अन्तिम खेलमा मंगलवार बंगलादेशको सामना गर्नेछ । लिग चरणका शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्ने छन् ।