
एजेन्सी । अफ्रिकी मुलुक केन्याको एक नदीमा बस खस्दा कम्तीमा ३३ जनाको मृत्यु भएको छ ।
केन्याको मेरुबाट राजधानी नैरोवीतर्फ गइरहेको बस अनियन्त्रित भई निथी नदीमा खसेको हो । घटनामा १० जना घाइते भएका छन् ।
तीमध्ये केहीको अवस्था गम्भीर रहेको बताइएको छ । बसमा क्षमता भन्दा बढी यात्रु रहेको बताइएको छ ।
दुर्घटनामा केहीले भने हामफालेर ज्यान जोगाएका छन् ।
प्रतिक्रिया दिनुहोस्