
पोखरा । नेपाल कम्यूनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आगामी निर्वाचनसम्म गठबन्धन रहने बताउनुभएको छ ।
४४औं पुष्पलाल स्मृति दिवसको सन्दर्भमा पोखरामा आयोजित कार्यक्रमलाई सम्वोधन गदै उहाँले गठबन्धन दलसँग तालमेल गरेर आगामी निर्वाचनसम्म गठबन्धन जाने दाबी गर्नुभएको हो ।
तालमेल गर्दा पार्टीको नेतृत्वदायी भूमिका र समग्रमा पार्टी भावनाअनुसार हुने उहाँले बताउनुभयो । स्थानीय निर्वाचनको नतिजालाई सबै दलले सन्तोषजनक रूपमा लिएको भन्दै उहाँले यसैलाई आधार मानेर निर्वाचनमा जाने बताउनुभयो ।
‘अहिले कसै कसैले अन्य तरिका बाट अनेक थरिका कुरा गर्न थालेका छन् तर गठबन्धन टुट्नेवाला छैन,’ उहाँले भन्नुभयो, ‘आउने चुनावसम्म गठबन्धन कायमै रहन्छ यसका लागि हाम्रो तर्फबाट अवश्य पनि बहस र छलफल हुन्छ ।’
अध्यक्ष नेपालले कसैले गठबन्धन गर्दा यो या त्यो बहानामा ठूलो भाग खोजेको खण्डमा टुलुटुलु हेरेर नबस्ने बताएका छन् । शक्ति बनाउने कुरामा कुनै कसुर बाँकी नराख्ने उहाँको भनाइ थियो ।
प्रतिक्रिया दिनुहोस्