२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


म्यानमारमा प्रजातन्त्र पक्षधर ४ जना अभियन्तालाई मृत्युदण्डको सजाय


169
Shares

काठमाडौ । म्यानमारको सैनिक सरकारले प्रजातन्त्र समर्थक ४ जना अभियन्तालाई मृत्युदण्डकाे सजाय दिएको छ ।

आतंककारी गतिविधिमा संलग्न रहेको बहानामा उनीहरुलाई मृत्युदण्ड दिइएको हो । तर विश्वभरका अधिकारकर्मीहरुले भने सैनिक सरकारको विरोध गरेर प्रजातन्त्रको पक्षमा आवाज उठाउको कारण उनीहरुलाई मृत्युदण्डकाे सजाय दिईएको भन्दै खेद प्रकट गरेका छन् ।

म्यानमारमा दशकौंपछि पहिलो पटक मृत्युदण्डको सजाय कार्यान्वयन गरिएको हो । मृत्युदण्ड पाउनेमा अभियन्ताको जिम्मी र विधायक फिओ जेया लगायत ४ जना रहेका छन् । मृत्युदण्ड दिनुअघि उनीहरूविरुद्ध बन्द इजलासमा सुनुवाई गरिएको थियो ।

मानव अधिकारवादी समूहहरूले यस्तो मुद्दा अन्यायपूर्ण भएको भन्दै ब्यापक आलोचना समेत गरेका छन् । मृत्यु दण्ड दिइएकाका परिवारका सदस्यहरूलाई मृत्युदण्ड दिइएपछि मात्रै सूचना प्रवाह गरिएको थियो ।

जुन्ता सरकारले निर्मम र अमानवीय आंकककारी कार्यका लागि निर्देशन, व्यवस्थापन र षड्यन्त्र गरेको कारण उनीहरूलाई मृत्युदण्ड दिइएको जनाएको छ ।