१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


याम्पा–आँबुखैरेनी सडकखण्ड अवरुद्ध


390
Shares

काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको याम्पा–आँबुखैरेनी सडकखण्ड अवरुद्ध भएको छ ।

सोमबार रातिदेखि परेको वर्षाका कारण आज मंगलबार बिहान बन्दीपुर गाउँपालिका–५ याम्पास्थित सडकमा पहिरो खस्दा उक्त खण्ड अवरुद्ध भएको हो ।

पहिराका कारण सडक अवरुद्ध भएकोमा पहिरो पन्छाएर सडक एकतर्फी सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

अहिले पहिरो पन्छाउने काम भैरेहेको छ । पृथ्वी राजमार्ग विस्तारका लागि उक्त ठाउँमा भित्ता काट्ने काम भइरहेकाले पहिरो खस्ने क्रम बढेको हो ।