१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


एकाबिहानै मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु


676
Shares

काठमाडौं । नवलपरासीको पश्चिम सुस्ता गाँउपालिका–२ सतपत्तीमा आज मंगलबार बिहानै मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

आज बिहान ३ बजे लु २२ प ३६७५ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा सरावल गाँउपालिका-१ सालबासका ५३ वर्षीय ओमनाथ फौहदारको मृत्यु भएको हो ।

उनको चौपत्ता स्थित शहिद स्मृती सामुदायिक अस्पताल उपचारको क्रममा आजै बिहान ४ बजे मृत्यु भएको हो ।

मोटरसाइकल अनियन्त्रित भई साँगुरोपुलबाट तल खसेको प्रहरी चौकी कुडियाले जानकारी दिएको छ ।