१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


बाँकेमा आफ्नै घरमा दम्पती मृत फेला


468
Shares

काठमाडौं । बाँकेको कोहलपुर नगरपालिका १४ पावर्तीपुरमा आज मंगलबार बिहान एक दम्पती मृत फेला परेका छन् ।

आफ्नै घरमा कृष्ण गडरिया र उनकी श्रीमती मञ्जु गडरिया मृत फेला परेका हुन् ।

उनीहरु मध्ये कृष्णको शव घर बाहिर र मञ्जुकोे शव घरभित्र फेला परेको प्रहरीले जनाएको छ ।

कृष्णको हातमा चोट देखिएको र मञ्जुको घाँटीमा डोरीको डोब रहेको तथा मुखबाट फिँज आएको बताईएको छ ।

शब पोष्टमार्टमका लागि अस्पताल पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

उनीहरुको हत्या भएको आशंकामा प्रहरीले अनुसन्धान सुरू गरेको छ ।