
एजेन्सी । बलिउड अभिनेता रणवीर सिंह नग्न फोटोसुट गराएर विवादमा तानिएकन छन् ।
उनी नग्न फोटो खिचाएर नराम्ररी विवादमा फसेका भारतीय संचारमाध्यमहरुले जनाएका छन् । रणबीर आफैंले पनि परिस्थिति यति धेरै बिग्न्छि भनेर सोचेका थिएनन् । उनको नग्न फोटो सामाजिक संजालमा पनि चर्चाको विषय बनेको छ । धेरैले उनलाई ट्रोल गरिरहेका छन् । आफ्नो नग्न तस्विरका कारण ट्रोलिङको सामना गरिरहेका रणवीर अहिले कानुनी समस्यामा पनि फसेका छन् । नग्न फोटोसुट गरेकोमा उनी बिरुद्ध भारतीय प्रहरीमा उजुरी परेको छ । रणबीर बिरुद्ध आईपीसी (इण्डियन क्रिमिनल कोड) को धारा ५०९, २९२, २९४, आईटी ऐनको धारा ६७ ए अन्तर्गत उजुरी दर्ता गरिएको छ । त्यसैगरी भारतका एक एनजीओ सञ्चालक ललित श्यामले रणवीर विरुद्ध एफआईआर ( अपराध सम्वन्धि मुद्धा) दायर गरेका छन् । रणवीरको नग्न तस्बिर देखेपछि महिलाको मनमा लाज जाग्ने उजुरीकर्ताको आरोप छ ।
उनीहरूले ट्विटर र इन्स्टाग्रामबाट रणवीरका नग्न तस्बिरहरू हटाउन माग समेत गरेका छन् । भारतीय प्रहरीले रणबीर बिरुद्ध अनुसन्धानका लागि ४८ घण्टा समय मागेको भारतीय संचार माध्यमले जनाएका छन् । यदि रणबीर दोषी ठहरिएमा उनी ५ वर्ष जेल जान सक्नेछन् । रणवीरले एउटा म्यागजिनका लागि केही दिन पहिला नग्न फोटोसुट गराएका थिए । कतिपय भारतका चर्चित कलाकारहरुले रणबीरको फोटोको सर्थन गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्