२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


सभामुख सापकोटाद्वारा मास्क लगाउन आग्रह


78
Shares

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले सांसदहरूलाई मास्क लगाउन आग्रह गर्नुभएको छ ।

मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख सापकोटाले कोभिड संक्रमणको दर बढ्दै गएकाले संसद् बैठकमा उपस्थित हुँदा सतर्क रहन आग्रह गर्नुभएको हो ।

मास्क नलगाई बैठक सञ्चालन गरिरहेका सापकोटाले सो आग्रहपछि भने आफूले पनि मास्क लगाएर बैठक अघि बढाउनुभएको थियो ।