२ बैशाख २०८२, मंगलबार | Tue Apr 15 2025


नेप्सेमा ४४ अंकको गिरावट


143
Shares

काठमाडौं । मौद्रिक नीतिपछि लगातार दुई दिन बढेको नेप्से परिसूचक मंगलबार उच्च अंकले गिरावट आएको छ ।

मंगलवार नेप्से सूचक ४४.८० अंकले घटेर २०८८.१६ विन्दुमा झरेको हो । त्यस्तै, सेन्सेटिभ इन्डेक्स ८.९९ अंकले घटेको छ भने फ्लोटइन्डेक्स ३.२१ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स ३.३२ अंक घटेको छ ।

मंगलबार २२२ कम्पनीको ८७ लाख ४० हजार ५५१ कित्ता शेयर ९९ लाख ४४ हजार ४८ कित्ता शेयर ३ अर्ब ७० करोड ४९ लाख ९८ हजार ३९८ रुपैयाँ बराबरको कारोबार भएको छ । सोमबार ४ अर्ब १० करोड ६८ लाख रुपैयाँको कारोबार भएको थियो ।

नेप्सेका १३ वटै उपसमूहको सूचकमा गिरावट आएको छ । जसमा विकास बैंक, फाइनान्स, होटल, लगानी, माइक्रोफाइनान्स, व्यापार र अन्य उपसमूहको सूचक २ प्रतिशतभन्दा धेरैले घटेको छ । अन्य बाँकी सबै उपसमूहको सूचक १ प्रतिशत भन्दा बढीले गिरावट आएको छ ।

नेप्सेमा गिरावट आए पनि मल्टिपर्पस फाइनान्सको शेयरमूल्य ९.३२ प्रतिशतले बढेको छ भने सूर्योदय वमी लघुवित्तको ६.७२ प्रतिशत, युनाइटेड मोदी हाइड्रोपावरको ६.१९ प्रतिशत र समृद्धि फाइनान्सको ३.२३ प्रतिशतले बढेको छ । यता गणपति लघुवित्तको शेयरमूल्य सबैभन्दा धेरै ६.८२ प्रतिशतले घटेको छ ।

मंगलबार पनि शिवम् सिमेन्टको सबैभन्दा धेरै १९ करोड ३६ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । अरुण काबेली हाइड्रोपावरको १५ करोड ५६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।