१५ फाल्गुन २०८१, बिहिबार | Thu Feb 27 2025


इन्धन अभावका कारण श्रीलंकामा अस्पताल बन्द हुने अवस्थामा


104
Shares

काठमाडौं । श्रीलंकामा इन्धन र औषधि अभावका कारण अस्पताल बन्द हुने अवस्थामा पुगेका छन् ।

शल्यक्रिया उपकरण र जीवन बचाउने औषधिहरूको आपूर्ति लगभग ठप्प भएपछि अस्पतालहरूको यस्तो नाजुक अवस्थामा पुगेको हो । चिकित्सक र बिरामीहरू समेत यातायात मार्फत सहज रूपमा हिंडडुल गर्न सक्ने अवस्थामा नभएको जनाइएकाे छ ।

श्रीलंकाले ८५ प्रतिशत भन्दा बढी औषधि र चिकित्सकीय उपकरण आयात गर्छ । तर यतिबेला विदेशी मुद्राको अभावले आयात सहज गर्न सकिरहेको छैन् । अर्थव्यवस्था अत्यन्त नाजुक अवस्थामा पुगिसकेको छ । जसका कारण अस्पताल नै बन्द हुने अवस्थामा पुगेकाे हाे ।

श्रीलंकाका ९० प्रतिशत भन्दा बढी जनता सार्वजनिक स्वास्थ्य सेवामा निर्भर रहेका छन् । श्रीलंकाको राष्ट्रपतिमा रनिल विक्रमासिंघे निर्वाचित भएपछि चर्केको आन्दोलन अझै मत्थर हुन सकेकाे छैन् ।

प्रदर्शनकारीहरुले दिनानुदिन राजधानी कोलोम्बो लगाएतका अन्य शहरहरुमा एकसाथ प्रदर्शन जारी राखेका छन् ।