४ बैशाख २०८२, बिहिबार | Thu Apr 17 2025


कंगोमा प्रदर्शनकारी र सुरक्षाकर्मीबीच झडप हुँदा १५ जनाको मृत्यु, ५० घाइते


208
Shares

काठमाडौं । प्रजातान्त्रिक गणतन्त्र मुलुक कंगोमा संयुक्त राष्ट्रसंघविरुद्ध भएको प्रदर्शनमा झडप हुँदा १५ जनाको मृत्यु भएको छ ।

प्रदर्शनकै क्रममा सुरक्षाकर्मीले धरपकड गर्दा १५ जनाको मृत्यु भएको हो । साेही घटनामा ५० जना घाइते भएका छन् । गोमा शहरमा ५ जना र बुटेम्बो शहरमा १० जनाको मृत्यु भएको हो । संयुक्त राष्ट्रसंघ संगठन स्थिरिकरण मिसनको विरुद्धमा असन्तुष्टि जनाउँदै उनीहरुले प्रदर्शन गरेका हुन् ।

कंगोको उत्तरी प्रान्त किभुको मुख्य शहर गोमामा भेला भएका हजारौं संख्याका प्रदर्शनकारीहरुले मिसनमा सशस्त्र समूहको संगठन बनेको भन्दै विरोध गर्दै आएका थिए । प्रदर्शनकै क्रममा उनीहरुले सडक यातायात अवरुद्ध पार्नुका साथै आगजनी समेत गरेका कारण प्रहरीले धरपकड गरेको हो ।