१ बैशाख २०८२, सोमबार | Tue Apr 15 2025


खोलाले बगाउँदा वडा सदस्यको मृत्यु


130
Shares

काठमाडौं । नुवाकोटमा खोलाले बगाएर एक जना वडा सदस्यको मृत्यु भएको छ ।

मंगलबार साँझ बेलकोटगढीको वडा नं १० र १२ हुँदै बगेको बेलकोट खोलाले बगाउँदा बेलकोटगढी नगरपालिका–१२ का निर्वाचित महिला वडा सदस्य ५४ वर्षीय सुकुमई तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

खेतमा काम गरेर फर्कने क्रममा वडा नं १० स्थित द्वारिका टहरोमा खोला तर्ने क्रममा उनलाई बगाएको हो । तामाङको शव करिब एक किलोमिटर तल वडा नं १२ को रैकरे चौतीसमा भेटिएको प्रहरीले जनाएको छ ।