१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


जापानमा छुरा प्रहार गर्ने व्यक्तिलाई मृत्युदण्डकाे सजाय


2.964k
Shares

काठकाडौं । जापानमा छुरा प्रहार तथा ट्रकले किचेर ७ जनाको ज्यान लिने एकजना ३९ वर्षीय पुरुषलाई मृत्युदण्ड दिईएको छ।

सन् २००८ मा तोमोहिरो कातोले नामका ब्यक्तिले बटुवाहरूको भीडमा जथाभावी ढंगले ट्रक चलाएर ३ जनाको ज्यान लिएका थिए । त्यसलगत्तै धारिलो हतियार प्रयोग गरी उनले अन्य चारजनाको ज्यान लिनुका साथै थप ८ जनालाई घाइते समेत बनाएका थिए ।

घटना लगत्तै प्रहरीले उनलाई घटनास्थलबाटै गिरफ्तार गरेको थियो । अदालतमा अपराध स्वीकार्दै उनले अनलाइन मार्फत आफूलाई दिइने गरेको मानसिक यातनाका कारण आफू आक्रोशित र विक्षिप्त भएको बताएका थिए ।

साेही हत्याकाण्डले जापानी समाजमा बारम्बार घट्ने हत्याकाण्ड, अनलाइनको प्रभाव र सरकारले युवा जगतलाई मानसिक स्वास्थ्यमा सहयोग गर्न नसकेको विषय चर्किएको थियो । साेही घटनापछि जापान सरकारले साथमा छुरा बोक्ने कानून पनि कडा बनाएको थियो ।