१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


श्रीलंकाका पूर्वराष्ट्रपति राजपाक्षे स्वदेश फर्किदै

मानवता विरोधी अपराधमा मुद्दा चल्ने त्रासले फर्किदै

2.327k
Shares

काठकाडौं । श्रीलंकाका पूर्वराष्ट्रपति गोताबाया राजपाक्षे स्वदेश फर्क्नुहुने भएकाे छ ।

श्रीलंकाको मन्त्रिपरिषदका प्रवक्ता बन्दुला गुणबर्दनेले पूर्वराष्ट्रपति राजपाक्षे श्रीलंका फर्कने तयारीमा रहेको बताएका हुन् । आर्थिक संकटले जर्जर अवस्थाको समाधान खोज्न नसक्दा बढेको जनआक्रोशपछि राजपाक्षेत्र गत महिना देशबाट भागेर माल्दिभ्स हुँदै सिंगापुर पुग्नुभएको थियो ।

तर सिंगापुरले उहाँलाई राजनीतिक शरण दिन अस्वीकार गरेपछि राजपाक्षे अप्ठेरोमा पर्नुभएकाे थियाे । उता, सिंगापुरमाथि राजपाक्षेविरुद्ध मानवता विरुद्धको अपराधमा अभियोग दर्ता गर्न दबाव बढेपछि उहाँ स्वदेश फर्कन लागेको जनाइएकाे छ ।

उहाँ स्वदेश फर्केपछि सर्वसाधारणले कस्तो प्रतिक्रिया जनाउँछन् भन्ने पनि जिज्ञासाको विषय बनेको छ ।