१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


ट्रकलाई ओभरटेक गर्न खोज्दा मोटरसाइकल दुर्घटना : एकको मृत्यु, एक घाइते


962
Shares

काठमाडौं । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका १३ भैँसेपाटीमा मंगलबार बेलुकी ट्रकलाई ओभरटेक गर्न खोज्दा मोटरसाइकल दुर्घटना मृत्यु भएको छ । दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

बनेपाबाट काठमाडौं आउँदै गरेको ना ८ ख ८०८७ नम्बरको ट्रकलाई ओभरटेक गर्न खोज्दा बा ६७ प २८९२ नम्बरको मोटरसाइकल सोही ट्रकमा ठोक्किएर पल्टिँदा मोटरसाइकलमा पछाडी सवार काभ्रेकै रोशी गाउँपालिका–१ का १८ वर्षीय कृष्ट लामाको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा शिर मेमोरियल अस्पताल बनेपामा मृत्यु भएको छ ।

घाइते भएका मोटरसाइकल चालक २६ वर्षीय एण्डी लामाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

दुवै सवारी साधन र ट्रक चालकलाई इलाका प्रहरी कार्यालय बनेपाले नियन्त्रणमा लिएको छ ।