
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेसलाई कम क्षति हुनेगरी गठबन्धन गर्नुपर्ने बताउनुभएको छ ।
प्रेस युनियन पर्साले बुधबार वीरगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै नेता कोइरालाले नेपाली कांग्रेसलाई कम क्षति हुनेगरी गठबन्धन गर्नुपर्ने बताउनुभएको हो । उहाँले त्यस विषयमा छलफल भइरहेको पनि बताउनुभयो ।
नेता कोइरालाले गठबन्धनका अन्य दलहरूले सबैकुरा आफूहरू नै हो भन्ने सोचिरहेको उल्लेख गर्दै कांग्रेस नेपालको पुरानो, ठूलो र स्थानीय निर्वाचनमा सबैभन्दा धेरै सिट जितेको पार्टी भएको स्मरण गराउनुभयो ।
नेता कोइरालाले सबैलाई समेटेर हिँड्ने कांग्रेसको सोच रहेको स्पष्ट पार्नुभयो । उहाँले नेपाली कांग्रेसका पूर्व सभापति स्व. गिरीजाप्रसाद कोइरालाको कथनलाई स्मरण गर्दै सहमति, सहकार्य र एकताको भावनाले अगाडि बढे मात्रै कांग्रेसको भविष्य उज्वल हुने तर्क गर्नुभयो ।
नागरिकता विधेयक संसदबाट पारित भएसँगै मधेशमा धेरै जनताहरूमा खुशी छाएको उहाँको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्