
काठमाडौं । तीन सातादेखि भारतको नयाँदिल्लीमा रहेकी नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवं प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु राणा र भारतको सत्तारूढ दल भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवालेबीच भेट भएको छ ।
चौथाइवालेले बुधबार आरजुसँग भेट गर्नुभएको हो । सामाजिक सञ्जालमा पोष्ट गर्दै उहाँले लेख्नुभएको छ, ‘६ महिनापछि दिल्लीमा आरजु राणा देउवालाई भेट्दा खुसी लागेको छ ।’
चौथाइवाले गतवर्ष नेपाल आउँदा आरजुले राखी बाँधिदिएकी थिइन् ।
केही दिनअघि आरजुको पाठेघरको शल्यक्रिया गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्