१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


एसईईको नतिजा सार्वजनिक, ९६३३ विद्यार्थीले ल्याए ३.६ देखि ४ जीपीए


23.114k
Shares

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले एसईईको नतिजा सार्वजनिक गरेको छ ।

भक्तपुरको सानोठिमीमा पत्रकार सम्मेलन गर्दै बोर्ड सदस्यसचिव दुर्गाप्रसाद अर्यालले नतिजा सार्वजनिक गर्नुभएको हो ।

यस वर्ष सबैभन्दा बढी ३.६ देखि ४ जीपीए ल्याउने विद्यार्थीको संख्या ९ हजार ६ सय ३३ छन् । जुन कुल विद्यार्थीको १.९४ प्रतिशत हो ।

एसईई परीक्षामा सहभागी भएका ५ लाख १४ हजार ९७७ मध्ये ९ हजार ६३३ जनाले ३.६ देखि ४ जीपीए ल्याएका छन् । २ हजार ७ परीक्षा केन्द्रबाट ११ हजार ६१५ विद्यालयका दुई लाख ५७ हजार ९२४ छात्रा र दुई लाख ५७ हजार ५३ छात्र गरी पाँच लाख १४ हजार ९७७ जना बोर्डले लिएको एसईई परीक्षामा सहभागी भएका थिए ।

परीक्षामा सहभागी भएका मध्ये ४१ हजार ६२७ जनाले ३.२० देखि ३.६०, ६९ हजार ९०० जनाले २.८० देखि ३.२० जीपीए र ९० हजार ७५८ जनाले २.४ देखि २.८० जीपीए ल्याएको परीक्षा नियन्त्रक अर्यालले जानकारी बताउनुभयो ।

सबैभन्दा धेरै एक लाख १२ हजार ७३३ जनाले २ देखि २.४ जीपीए ल्याएका छन् भने एक लाख ५९४ जनाले १.६ देखि २ जीपीए ल्याएका छन् । १.२ देखि १.६ जीपीए ल्याउनेको संख्या ४४ हजार ५८६/०.८० जीपीएदेखि १.२ जीपीए ल्याउनेको संख्या तीन हजार २८० रहेको बोर्डले बताएको छ ।

कोरोना संक्रमणको जोखिमको कारण अघिल्ला दुई वर्ष राम्रोसँग एसईई परीक्षा सञ्चालन गर्न नसकेको बोर्डले गत वैशाख ९ देखि २० गतेसम्म विद्यार्थीको भौतिक उपस्थितिमा नै परीक्षा सञ्चालन गरेको थियो । कोराना महामारीका कारण विगत दुई वर्ष अर्थात शैक्षिक सत्र २०७६ र २०७७ मा आन्तरिक मूल्याङ्कनका आधारमा विद्यालयले पठाएको अंकलाई बोर्डले प्रमाणित गरेर नतिजाको रुपमा प्रकाशित गरेको थियो ।

एसईईको परीक्षाफल नेपाल टेलिकमबाट हेर्न सकिने