२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


खस्कियो एसइई नतिजा


1.222k
Shares

काठमाडौं । २०७८ सालको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा खस्केको छ ।

कोरोना भाइरस संक्रमणका कारण विद्यालय नियमित नहुँदा विद्यार्थीको सिकाइ स्तर कमजोर हुन गई नतिजा खस्केको हो ।

राष्ट्रिय परीक्षा बोर्डले गत वैशाख ९ देखि २० सम्म सञ्चालन गरेको परीक्षाको बुधबार सार्वजनिक नतिजाअनुसार २०७५ सालको तुलनामा २०७८ को नतिजा कमजोर देखिएको हो ।

त्रिपुरेश्वरस्थित विश्वनिकेतन माध्यमिक विद्यालयका प्रधानाध्यापक हेरम्बराज कँडेलले कोरोना कहरले बालबालिकाको सिकाइ प्रभावकारी नभएको बताउँदै अनलाइन कक्षासमेत प्रभावकारी नभएका कारण यसपालि नतिजा खस्केको दाबी गरे ।

यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।