
काठमाडौं । चिनियाँहरुले सञ्चालन गरेका कल सेन्टरहरु फेला पर्ने क्रम झन् बढेको छ ।
बुधबार प्रहरीले काठमाडौंको ज्याठामा चिनियाँहरुले संचालन गरेको कलसेन्टरमा छापा मारेर चार जना चिनियाँलाई पक्राउ गरेको छ ।
ज्याठास्थित भियना होटल परिसरमै रहेको कलसेन्टरबाट प्रहरीले २६ वटा ल्यापटप, ४७२ वटा मोबाइल, झण्डै दुई लाख रुपैयाँ बराबरको रिचार्ज कार्ड र सिमकार्डहरु बरामद गरेको छ ।
यो गिरोहले पनि कलसेन्टरबाट निम्न वर्गीय भारतीयहरुलाई ठगी गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
तीन दिन अघि प्रहरीले काठमाडौंकै तीनकुनेमा यस्तै कलसेन्टरमा छापा मारेर ३६ जनालाई पक्राउ गरेको थियो भने त्यसअघि रुपन्देहीको मणिग्राममा रहेको कलसेन्टरमा छापा मारेर चिनियाँसहित १५० जनालाई पक्राउ गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्