
काठमाडौं । कोरोना भाईरसबाट पूर्ण मुक्ति नपाउँदै विश्व मंकीपक्स भाइरस संक्रमणको चपेटामा पर्दै गएको छ ।
विश्वका ७८ वटा देशका १८ हजार मानिसमा मंकीपक्स फैलिएपछि विश्व स्वास्थ्य संगठनले विश्व स्वास्थ्य आपत्काल पनि घोषणा गरिसकेको छ । कोरोना जस्तो मृत्युदर बढी नभए पनि मंकीपक्स पनि पीडादायी नै रहेको चिकित्सकहरूले बताएका छन् ।
भारतमा पनि मंकीपक्सका बिरामी देखा पर्न थालिसकेका छन् । भारतीय चिकित्सकहरूले मंकीपक्सको संक्रमण नियन्त्रणका लागि केही निश्चित नियमहरूको पालना कडाइका साथ गर्नुपर्ने बताएका छन् । ती नियमहरू अधिकांश शारीरिक सम्पर्कसँग सम्बन्धित रहेका छन् ।
असुरक्षित यौन सम्पर्क, अंगालो मार्ने, चुम्बन गर्ने जस्ता गतिविधिबाट टाढै रहनुपर्नेमा जोड दिइएको छ । समलिङ्गी सम्बन्ध सबैभन्दा खतरनाक देखिएको छ । अहिलेसम्म संक्रमितहरू मध्ये ९८ प्रतिशत पुरूष समलिङ्गीहरू रहेका छन् ।
बेलायतको एउटा समलिङ्गगी क्लबबाटै मंकिपक्स फैलिएको अनुसन्धानले देखाएको छ । कोरोनामा जस्तै बारम्बार हात धुने, मास्क लगाउने र शरीरको संक्रमित भागलाई हावाको सम्पर्कमा आउन नदिन ढाक्नुपर्ने पनि चिकित्सकहरूले सुझाव दिएका छन् ।
भारतमा सरकारले मंकीपक्स विरूद्धको भ्याक्सिन उत्पादनका लागि टेण्डर समेत आह्वान गरिसकेको छ ।
प्रतिक्रिया दिनुहोस्