
Web Pic
काठमाडौं । गुल्मीको मुसीकोट नगरपालिका–२ देउरालीमा बुधबार साँझ ट्याक्टरबाट खसेर परिचालकको मृत्यु भएको छ ।
तम्घासबाट पौदी अमराईतर्फ जाँदै गरेको लु २ त ५६०३ नम्बरको ट्याक्टरबाट खसेर गुल्मीकै मालिका गाउँपालिका–२ का २२ वर्षीय दिपक परियारको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा लुम्बिनी मेडिकल कलेज प्रभाषमा मृत्यु भएको हो ।
ट्याक्टर चालकलाई प्रहरी चौकी पौदी अमराईले नियन्त्रणमा लिएको छ ।
प्रतिक्रिया दिनुहोस्