२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


झापामा ट्रिपरको ठक्करबाट साईकल यात्रीको घटनास्थलमै मृत्यु


117
Shares

काठमाडौं । झापाको कमल गाउँपालिका–५ मा बुधबार साँझ ट्रिपरको ठक्करबाट एक साईकल यात्रीको घटनास्थलमै मृत्यु भएको छ ।

बागमती प्रदेश–०३–००१–क २१२ नम्बरको ट्रिपरले साइकललाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको हो ।

मृत्यु भएका पुरुष व्यक्तिको नाम, थर र ठेगाना खुल्न बाँकी रहेको छ ।

ठक्कर दिने ट्रिपर सहित चालकलाई प्रहरी चौकी केर्खा झापाले नियन्त्रणमा लिएको छ ।