१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


तापसी पन्नुद्वारा अभिनित ‘दोबारा’ फिल्मको ट्रेलर सार्वजनिक


169
Shares

एजेन्सी । भारतीय निर्देशक अनुराग कश्यपको थ्रिलर फिल्म ‘दोबारा’को ट्रेलर सार्वजनिक भएको छ ।

यस फिल्ममा अभिनेत्री तापसी पन्नु र अभिनेता पावेल गुलाटी मुख्य भूमिकामा देखिने भएका छन् । यो एक मर्डर मिस्ट्री थ्रिलर हो, जसमा टाइम ट्राभलको कन्सेप्ट पनि ल्याइएको स्पष्ट हुन्छ ।

यो फिल्मलाई शोभा कपुर र एकता कपुरले निर्माण गर्दैछन् । फिल्म १९ अगस्ट २०२२ मा सिनेमा घरहरूमा रिलिज हुनेछ । २ मिनेट १० सेकेण्डको ट्रेलरमा एक्सन र रहस्यमय कथा देखाइएको छ ।

फेरि एकपटक अनुराग र तापसीको फिल्मले फ्यानहरूलाई मनोरञ्जन गराउने छ ।

ट्रेलर :