१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


‘इमर्जेन्सी’ मा श्रेयस तलपदे पूर्व प्रधानमन्त्री अटल बिहारी वाजपेयीको भूमिकामा


559
Shares

एजेन्सी । भारतीय अभिनेत्री कंगना रनौत यतिबेला आफ्नो आगामी फिल्म ‘इमर्जेन्सी’ लाई लिएर चर्चामा छिन् । यस फिल्ममा कंगना पूर्व प्रधानमन्त्री इन्दिरा गान्धीको भूमिकामा देखिनेछिन् ।

हालै कंगना रनौतले सामाजिक सञ्जालमा एक पोस्ट सेयर गर्दै फिल्मको नयाँ पात्रको खुलासा गरेकी छिन् । पोष्टमा कंगनाले अभिनेता श्रेयस तलपदे पूर्व प्रधानमन्त्री अटल बिहारी वाजपेयीको भूमिकामा देखिने बताएकी छिन् । कंगना रनौतले फिल्मको श्रेयस तलपदेको फर्स्ट लुक पोस्टर सेयर गर्दै लेखेकी छिन्, ‘‘श्रेयस तलपदेलाई ‘इमर्जेन्सी’ मा भारतरत्न अटल बिहारी वाजपेयीको रूपमा प्रस्तुत गरिनेछ ।’

एक सच्चा राष्ट्रवादी, जसको राष्ट्रप्रतिको माया र गर्व अतुलनीय थियो र जो आपतकालको समयमा एक उदीयमान युवा नेता थिए।’ श्रेयस तलपदेले पनि फिल्मको आफ्नो फर्स्ट लुक पोस्टर सेयर गर्दै लेखेका छन्, ‘सबैभन्दा प्यारो, दूरदर्शी, सच्चा देशभक्त र जनताको मान्छेको भूमिका निर्वाह गर्न पाउँदा सम्मानित र धेरै खुसी छु ।’

फिल्ममा कंगना रनौत र श्रेयस तलपदेका अलावा अनुपम खेर पनि मुख्य भूमिकामा छन् । फिल्ममा अनुपम खेर क्रान्तिकारी नेता जेपी नारायणको भूमिकामा देखिनेछन् । निर्माताहरूले कंगना रनौत र अनुपम खेर दुबैको पहिलो लुक पोस्टरहरू केही दिन अघि सार्वजनिक गरे, जुन भाइरल भयो । फ्यानले दुबैको लुक्सको निकै तारिफ गरेका छन् ।

अभिनयसँगै यो फिल्मलाई कंगना रनौत आफैंले निर्देशन गरिरहेकी छिन् । यो फिल्म २५ जुन २०२३ मा रिलिज हुने बताइएको छ । अहिले यो फिल्मको छायांकन सुरू भइरहेको छ ।