१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


माछापुच्छ्रे बैंकद्धारा दुर्घटना बीमा वापतको बीमा रकम हस्तान्तरण


845
Shares

काठमाडौं । माछापुच्छ्रे बैंकले आफ्नो तलबी खातामा रहेको बिमा सुविधा अन्र्तगत ग्राहकले प्राप्त गर्ने बीमा रकम भुक्तानी गरेको जनाएको छ ।

बैंकले सिमरा शाखामा स्मार्ट तलब खाता खोलेका उमाकान्त चौधरीको परिवारलाई स्मार्ट तलब खाताको बीमा सुविधा अन्तर्गत ७ लाख रुपैयाँ रकम भुक्तानी गरेको जनाएको छ । चौधरीको दुर्घटनाबाट मृत्यु पश्चात उनको परिवारले दाबी गरेको उक्त दुर्घटना बीमा बैंकले उनको परिबारलाई हस्तान्तरण गरेको हो । बैंकले यसअघि पनि बिभिन्न समयमा आफ्नो स्मार्ट तलब बचत खाता अन्र्तगत विभिन्न ग्राहकलाई बीमा रकम भुक्तानी गर्दै आएको छ ।

बैंकले शून्य न्यूनतम मौज्दातमा खोल्न मिल्ने स्मार्ट तलब खातामा ग्राहकहरुलाई ७ लाख सम्मको दुर्घटना बीमा, १ लाख बराबरको जटिल प्रकृतिका रोगको उपचार खर्च, ४० हजार सम्मको अस्पताल भर्ना खर्च र १० हजार सम्मको औषधी खर्च जस्ता सुविधाहरु प्रदान गर्दै आएको जनाएको छ । बैंकले देशका ७ वटै प्रदेशमा १६५ शाखा, ९ एक्सटेन्सन काउन्टर, १६७ शाखारहित बैंकिङ्ग सेवा, २०७ एटिएम मार्फत १३ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको छ ।