
काठमाडौं । राष्ट्रिय सभाकी सांसद अनिता देवकोटाले घोराही तुलसीपुरको चार लेन सडक निर्माण सम्पन्न गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
बिहीबार राष्ट्रिय सभा बैठकको शुन्य समयमा बोल्दै सांसद देवकोटाले घोराही तुलसीपुरको चार लेन सडक सुचारु नहुँदा जनताले सास्ती भोग्नुपरेको बताउनु भयो । उहाँले तोकिएको समयमा सम्पन्न नभई म्याद थपिएको मिति समेत सकिन लाग्दा पनि निर्माण सम्पन्न नभएको भन्दै सडक निर्माण सम्पन्न गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।
सांसद देवकोटाले सडकमा रहेका खाल्डाखुल्टी र निर्माणाधिन पुलका कारण सो सडकखण्ड मृत्युमार्ग बनेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्