
काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप ७ सय १० जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ भने २ जनाको मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा ५ हजार २५ जनाको नमूना परीक्षण गरिएको थियो ।
२ हजार ५ सय ४१ जनाको पीसीआर र २ हजार ४ सय ८४ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा ७ सय १० जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
बिहीबार २ सय १५ जना संक्रमित संक्रमणमुक्त भएका छन् भने देशभर ४ हजार २ सय ३६ जना सक्रिय संक्रमित रहेका छन् ।
त्यस्तै, २४ घण्टामा कोरोनाका कारण २ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्