१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


अमेरिका र दक्षिण कोरियाविरुद्धको सैन्य द्वन्द्वमा आणविक हतियार प्रयोग गर्ने किमको चेतावनी


3.64k
Shares

एजेन्सी । उत्तर कोरियाले अमेरिकालाई नेता किम जोङ उनले अमेरिका र दक्षिण कोरियासँगको सम्भावित सैन्य द्वन्द्वमा आफ्नो आणविक हतियार प्रयोग गर्न तयार रहेको चेतावनी दिनुभएको छ ।

कोरियाली प्रायद्वीपलाई युद्धको संघारसम्म पु¥याइरहेका भन्दै किमले दक्षिण कोरिया र अमेरिकाविरुद्ध आक्रामक अभिव्यक्ति दिनुभएको हो ।

सन् १९५०–५३ को कोरियाली युद्धको अन्त्य भएको ६९औं वर्षमा आएको किमको भनाइ महामारीसँग सम्बन्धित आर्थिक कठिनाइको बीचमा गरिब मुलुक उत्तर कोरियामा आन्तरिक एकता बढाउने उद्देश्य भएको अनुमान गरिएको छ ।

किमले आफ्ना विरोधी राष्ट्रलाई आणविक हतियारको धम्की दिए पनि अमेरिका र यसका सहयोगी दलका उच्च सैन्य दलविरुद्ध ती हतियारहरू प्रयोग गर्ने सम्भावना निकै कम रहेको आकंलन गरिएको छ ।

किमले राष्ट्रपति योन सुक योलको दक्षिण कोरियाको नयाँ सरकारको नेतृत्वले मुठभेड चाहेको भन्दै त्यसको प्रतिकार गर्न आफू तयार रहेको प्रतिक्रिया दिनुभएको छ । नयाँ नेतृत्वलाई किमले दक्षिण कोरियाको परम्परावादी सरकारको निरन्तरता भएको बताउनुभयो ।