
फाइल तस्बिर
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)बाट निष्कासित नेता डा. बाबुराम भट्टराईले नयाँ पार्टी दर्ता गर्नुभएकाे छ ।
बिहीवार निर्वाचन आयोगमा नेपाल समाजवादी पार्टी दर्ता भएको जसपाका पूर्व केन्द्रीय सदस्य तथा बाबुराम भट्टराईका स्वकीय सचिव विश्वदीप पाण्डेले जानकारी दिनुभयो ।
निर्वाचन आयोगले यसअघि नै आयोगमा दर्ता भएको समावेशी लोकतान्त्रिक पार्टीको नाम परिवर्तन गरेर नेपाल समाजवादी पार्टी बनाइएको उहाँले बताउनुभयो ।
पार्टीको चुनाव चिह्न आँखा रहेको छ ।
प्रतिक्रिया दिनुहोस्